वर्ल्ड भिजनलाई ” मधेश प्रदेशको उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८० “

वर्ल्ड भिजनलाई " मधेश प्रदेशको उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८० "

  | उत्कृष्ट शैक्षिक संस्था सम्मान-२०८०" | सप्तरीको राजविराज नगरपालिका-१६ ,खर्साल टोल अवस्थित "श्री वर्ल्ड भिजन मोडर्न मा. वि. तथा क्याम्पस,राजविराज, सप्तरी" शैक्षिक संस्था २०६० सालमा स्थापना भई नेपालको गुणस्तरीय शिक्षामा मधेश प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको छ। साथै प्रबिधिमैत्री ,प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनीय योगदान गर्दै आइरहेको छ। भौतिक पुर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा 'उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित यस संस्थाले आगामी दिनमा प्रतिस्पधी शिक्षाको विकासका साथै देशभक्त आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस भन्ने कामना गर्दै चन्द्रलोक प्रतिष्ठान,काठमाडौ, नेपालको तर्फबाट "उत्कृष्ट शैक्षिक संस्था समान २०८० " प्रदान गरिएको छ। https://emadheshnews.com/rnm-14/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top