कक्षा ११ र कक्षा १२ अध्ययन गरी कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण,अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका (पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार D र E ग्रेड प्राप्त गर्ने) परीक्षार्थीहरू (कक्षा १२ का लागि रजिष्ट्रेशन नम्बरको शुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएका) लाई अन्तिम एकपटकका लागि अनुत्तीर्ण भएका वा तोकिएको ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएकोले परीक्षामा सहभागी हुन चाहने उपरोक्त अनुसारका परीक्षार्थीहरूले मिति २०८१ साल मंसिर १५ गतेभित्र परीक्षा आवेदन फाराम भर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सम्पर्क : 980471980, 9807776575,9842832673, wovmsrajbiraj@gmail.com